काठमाडौं ।
फ्रान्समा भएको विश्व च्याम्पियनसिपमा कर्णाली प्रदेशको जुम्ला जिल्ला निवासी सुनमाया बुढाले दौडतर्फ अन्तर्राष्ट्रिय किर्तिमान कायम गर्दै नेपालको नाम राख्न सफल भएकी छन् ।
गएराती भएको १ सय किलोमिटर दौडमा उनलेे मोन्ट ब्लांक क्षेत्रको कोर्ष रेकर्ड तोड्दै ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा दौड पूरा गरेकी हुन् ।
नेपालकी सुनमाया अल्ट्रा रेस मोन्ट ब्लांक(युटीएमबी)दौडमा विश्वकै दोस्रो बन्न सफल भएको छन् । पहिलो स्थान फ्रान्सेली ब्लाडिनले हात पार्न सफलता प्राप्त गरिन । उनले ११ घण्टा ४० मिनेट ५५ सेकेन्डमा दौड भ्याएकी थिइन । सुनमायाले अमेरिकी महिला अबिहल लाई २७ मिनेटको फरकमा जित हासिल गरेकी हुन् ।
जुम्लाकी सुनमाया दौडमा विश्वकै दोस्रो
तपाईको प्रतिक्रिया
नेपाल पहरा । १२ भाद्र २०७९, आईतवार १४:०१