देउडातर्फ विपना प्रथम

सुर्खेत २८ भदौ ।

सामाजिक सञ्जाल मार्फत खुला आकास समुहले आयोजना गरेको प्रत्यक्ष देउडा खेलतर्फ कालिकोटकी विपना सिंह प्रथम भएकी छन् ।

कर्णाली र सुदूरपश्चिम क्षेत्रका सुपरिचित देउडा खेलाडीहरुले भाग लिएको देउडामा प्रथम विपना काञ्छो देउडा कलाकारको रुपमा समेत पुरस्कृत हुने आयोजकले जनाएको छ ।

हाल दक्षिण कोरियामा रहनुभएका पोखरा निवासी समाजसेवी आदित्यविक्रम राणाले प्रोत्साहन एवम् सहयोग गरेर लोकदेउडा सर्जकहरुले आयोजना गरेको सो प्रतियोगितामा विपना प्रथम भएको एकल देउडा गायनमा भने जानकी रोकाय ऐडी प्रथम भएकी छन् । आज साँझ नतिजा घोषणा गरिएको थियोे । बिजयी प्रतियोगीहरुलाई नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिने भएको छ । २०७८ पुस देखि विभिन्न रचनात्मक कार्यक्रम सहित अघि बढेको खुला आकाश समुहले यसपटक देउडा आयोजना गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया