संविधान दिवसमा चित्रसिंह गाउँलेका कडा देउडा गीत

चित्रसिंह गाउँले

संसद समेत भंग गरि – संघीयता मास्न्या
डाकै नफुट्याका चल्ला – भौती भया बास्न्या ।
बाँदरलाई हेरालो राखी – बिस्कुन डासिकन
पछिको पछुतो भयो – संसद मासिकन ।
ब्यूझेको संसदमा पसि – सुबिधा लैगया
मंसिर ४ मा लाज नमानी – भोट माग्न्या भैगया ।
रक्षा गरौँ संविधानको – चुनौती चालू छन्
बाली पकाई सिमल्नै छ – पल्केका ठालु छन् ।
जरा हाल्न पायकै नाई – संविधान बालै छ
समृद्धि आउनेछ पक्कै – देश त कंगालै छ ।

कम्युनिस्ट नामधारी भन्दा – यस्तै सरकार वेश छ

समाजवाद ल्याउनलाई जुटौं – पुँजीवादी देश छ ।

तपाईको प्रतिक्रिया