जीप दुर्घटना हुँदा सल्यानमा ८ को मृत्यु

१२ असोज, काठमाडौं । सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ स्थित मुलपानीमा दुर्घटनामाजिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले दुर्घटनामा ८ जना मृत्यु भएको बताए ।दुर्घटनामा  सख्त घाइते भएका एक जनालाई उद्धार पछि उपचारका लागि दाङ तुलसीपुर लैजाने तयारी गरिएको छ ।

जीप बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको हो । प्रहरीका अनुसार उक्त जीपमा ९ जना सवार रहेका थिए ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता नाललले बताए ।

 

तपाईको प्रतिक्रिया