अध्यक्ष कप एवम् पादमघाट मेलाको लागि महावैमा भव्य तयारी

विपना सिंह

कालिकोट १२ असोज ।

हरेक वर्ष कार्तिक २७ गतेदेखि सुरु हुने पादमघाट मेला यश वर्ष कार्तिक १३ गतेदेखि सुरु हुने भएको छ ।

पादमघाट मेला मात्रै नभएर यसपटक अध्यक्ष कप को रुपमा समेत पादमघाट मेला सञ्चालन गरिन लागेको हो ।

सधैं पादमघाट बजार क्षेत्रमा आयोजना हुने गरेको मेला यसपटक पादमघाट बजारदेखि माथि रहेको गैरेखाडा फिल्डमा आयोजना गरिने महावै गाउँपालिकाले जनाएको छ ।

मेला एवम् प्रतियोगिता सञ्चालन गरिने गैरेखाडामा रंगशाला बन्ने उद्देश्यले विशाल खेल मैदान समेत निर्माण भैरहेको र सो अवसरमा खेलकुदका साथसाथै भव्य देउडा खेल र साँस्कृतिक कार्यक्रमसहित रचनात्मक प्रतियोगिताहरु सञ्चालनमा आउने गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष निरक बहादुर सिंहले जानकारी गराउनुभयो । उहाँका अनुसार मेलासहितको प्रतियोगिता १५ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया