कालिकोट १४ भदौ ।
यही भदौ १० गतेदेखि सुरु भएको दोस्रो कर्णाली गोल्डकपको सिल्ड जनचेतना युथ क्लव शुभकालिका – ७ हाउडी,कालिकोटले हातपार्न सफल भएको छ ।
सो क्लव युथ जेनेरेसन डाइनामिक क्लव पलातालाई हराउदै कर्णाली प्रदेशकै ठूलो धनराशी २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार सहितको सिल्ड हात पार्न सफल भएको हो । प्रतियोगितामा उपबिजेता युथ जेनेरेसन पलाताले १ लाख ११ हजार पुरस्कार र सिल्ड पुरस्कार प्राप्त गरेको छ ।
लिंगासैनी युथ क्लव कालिकोटद्वारा सदरमुकाम मान्ममा आयोजित प्रतियोगितामा कालिकोटका स्थानीय क्लवहरुका साथै बाहिर जिल्लाका खेलाडीहरु समेत सहभागी भएका थिए । बिजेता तथा उपबिजेता टिमलाई जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाही, राष्ट्रिय भूमि आयोग कालिकोटका अध्यक्ष चित्रसिंह गाउँले र शुभकालिका गाउँपालिका अध्यक्ष गोबिन्द आचार्यले सिल्ड र पुरस्कार वितरण गर्नुभएको थियो ।
लिंगासैनी क्लवले आगामी वर्ष योभन्दा अझै भव्य प्रतियोगिता आयोजना गर्दै कालिकोटको खेल क्षेत्रको विकासमा योगदान दिने क्लवका अध्यक्ष हिक्मतजंग मल्लले सो अवसरमा प्रतिबद्धता गर्नुभएको छ ।
नेपाल पहरा । १४ आश्विन २०७९, शुक्रबार ०९:१६