कालिकोट २७ असोज ।
नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)कालिकोटले आज बिहीबार कालिकोट जिल्ला स्तरीय निर्वाचन परिचालन मुल समिति गठन गरेको छ ।
पार्टी अध्यक्ष विश्वराज वमको अध्यक्षतामा सम्पन्न बैठकले पार्टी उपाध्यक्ष चित्रसिंह गाउँलेको संयोजकत्वमा ३ सय १ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरेको हो । समितिले जिल्ला भर एकीकृत समाजवादीको पक्षमा मतदान गराउन भूमिका निर्वाह गर्ने सो पार्टीले जनाएको छ ।
सो पार्टीद्वारा आज प्रकाशित विज्ञप्ति अनुसार बैठकले पार्टीका कर्णाली प्रदेश कमिटी सदस्य चन्द्रबहादुर शाहीको संयोजकत्वमा वार्ता समिति समेत गठन गरेको छ । एकीकृत समाजवादी कालिकोटका अध्यक्ष विश्वराज वमको कालिकोट प्रदेशसभा(ख)अन्तर्गत प्रत्येक्ष तर्फ उम्मेदवारी कायम भएपछि सो प्रदेशमा गठबन्धन दल बिच स्वच्छ प्रतिस्पर्धा गरेर निर्वाचन जित्ने लक्ष्य लिएको एकीकृत समाजवादी ले चुनावी तयारी केन्द्रित बैठक सँगसँगै जिल्लाभर भएको बाढी पहिरो केन्द्रित निर्णय समेत गर्दै जिल्ला भर तिलागुफा नगरपालिकाको राँचुली र बाली, सान्नीत्रिवेणी गाउँ पालिकाको मुम्रा, पलाता लगायतका स्थानमा ज्यान गुमाउने सबै मृतकप्रति श्रद्धाञ्जली,घाइतेको उपचारका साथै पीडितलाई यथासिघ्र राहतको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको जनाइएको छ । साथै अबरुद्ध सडकखण्ड तत्कालै खुलाउन समेत पार्टीको तर्फबाट पहल जारी रहेको बताइएको छ ।
नेपाल पहरा । २७ आश्विन २०७९, बिहीबार १७:०४