लक्ष्मी सिंह
कालिकोट १२ कार्तिक ।
कालिकोट जिल्ला तिलागुफा नगरपालिका – १० रानावाडामा आज बिहान वम विष्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।
एकीकृत समाजवादीका नेता स्थानीय प्रेम बहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाहरुले ओढारमा भेटाएको चिज खेलाउदा विष्फोट भएको थियो । मृत्यु हुनेमा वर्ष ३ कि झरना थापा र वर्ष ८ कि सरस्वती राना रहेको बताइएको छ । यसैगरी वर्ष ८ का कमल थापा,वर्ष ५ का मुस्कान थापा,वर्ष ५ कि दर्शना राना र वर्ष ५ घाइते भएका छन् ।
विष्फोट मा घाइतेहरु लाई स्थानीय र प्रशासनको पहलमा केही बेर अघि हेलिकप्टर मार्फत उपचारका मा लगिएको छ ।
नेपाल पहरा । १२ कार्तिक २०७९, शनिबार ११:१२